Dil Kumari KC Memorial Foundation

Dil Kumari KC Memorial Foundation

दिलकुमारी केसी स्मृति प्रतिष्ठान

News/Events
दिलकुमारी फाउन्डेशनको सहयोगमा सरकारी विद्यालयका विद्यार्थीलाई पोसाक

दिलकुमारी फाउन्डेशनको सहयोगमा सरकारी विद्यालयका विद्यार्थीलाई पोसाक

बनेपा–६ मा रहेको भक्तेश्वर माविका बिद्यार्थीले पोसाक पाएका छन । अमेरिकामा रही नेपालमा सामाजिक सेवामा सक्रिय संस्था दिलकुमारी केसी मेमोरियल फाउन्डेशनले बिद्यार्थीलाई पोसाक बितरण गरेको हो । उक्त बिद्यालयमा अध्ययरत जेहन्दार, आर्थिक अवस्था कमजोर भएका ३२० जना बिद्याथीले पोसाक प्राप्त गरेका हुन ।

गरिब, पिछडिएका जाति तथा सिकाइमा समस्या भएका बालबालिकाहरुलाई लक्षित गरी फाउन्डेशनले बिभिन्न जिल्लाका सरकारी बिद्यालयमा पढ्ने बालबालिकालाई सहयोग गर्दै आईरहेको छ ।

दिलकुमारी फाउन्डेशन मार्फत हामीले नेपालका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छौं, दिलकुमारी केसी फाउन्डेशन अमेरिकाका अध्यक्ष नबराज केसीले भने, सामाजिक सेवाका कामहरूलाई अझै तिब्रता दिनेछौ ।
अमेरिकामा गैरनाफामुखी संस्थाको रूपमा दर्ता भएको उक्त फाउन्डेशनले बिद्यार्थीलाई पोसाक, कम्प्यूटर, देखि भौतिक पूर्वाधार निर्माणमा समेत सघाउदै आइईरहेको छ ।

पोसाक बितरण समारोहमा बनेपा नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शान्तिरत्न शाक्यले आफ्नो नगरभित्रका बालबालिकाहरुलाई लाभहुने गरी कार्यक्रम संचालन गरेकोमा संस्था प्रति धन्यवाद व्यक्त गरेका छन । विशेष अतिथि धुलिखेल नगर प्रमुख अशोक व्याञ्जूले संस्थाले गर्दै आएको कार्यक्रमका बारेमा यस अघि पनि आफूले चासोका साथ हेरेको भन्दै कार्यक्रमको प्रशंसा गरेका छन।

बनेपा वडा नं. ६ का वडा अध्यक्ष सचितानन्द के।सीले आफ्नो वडामा रहेको सामुदायिक विद्यालयको विकासमा आफू सधै लागिपरेको बताउँदै संस्थाले विद्यालयका विद्यार्थीहरुलाई उपलब्ध गराएको सहयोग प्रति धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *