Dil Kumari KC Memorial Foundation

Dil Kumari KC Memorial Foundation

दिलकुमारी केसी स्मृति प्रतिष्ठान

Recent Campaign
दिल जस्तै सुन्दर बन्दै छ, दिलकुमारी केसी स्मृति प्रतिष्ठान

दिल जस्तै सुन्दर बन्दै छ, दिलकुमारी केसी स्मृति प्रतिष्ठान

नाम अनुसारको काम र व्यवहार हाम्रो समाजमा देखिदैन । तर, केहि यस्ता पवित्र नामहरु पनि छन् । नामले जस्तो अर्थ राख्छ काम पनि त्यस्तै देखिन्छ । खासगरी नामले हाम्रो समाजमा केहि गर्न रोकेको चाँही हुँदैन । तर, केहि नाम यस्तो हुन्छ ठ्याक्कै नाम अनुसार व्यवहार उल्टो भईदिन्छ । तर, याथार्थमा केहि नाम यस्ता हुन्छन जुन नामले आफ्नो काम र कर्तव्य पनि ऐनाले झै छर्लङ्ग बनाई रहेको हुन्छ । प्रसंग दिलकुमारी केसीको हो ।

नामले जस्तो अर्थ राख्छ उहाँको काम र व्यवहारले पनि समाजमा त्यस्तै अर्थ राखेको छ । हाम्रो समाजमा भनिन्छ, दिल भएको मान्छे । हो दिलकुमारीमा पनि असाध्यै दिल थियो । त्यसैले त अहिले उहाँको नाम अनुसारकै काम, कर्तव्य र व्यवहारको अनुसरण गर्दे दिलकुमारी केसी समृति प्रतिष्ठान सञ्चालनमा ल्याईएको छ । व्यवहारत परिवारले दिलकुमारी केसी स्मृति प्रतिष्ठान आमाको सम्झना चिरस्थाई बनाउन सञ्चालनमा ल्याएको भए पनि यसको अर्थ भने अलिक फरक छ ।

समाजमा नाम अनुसारको काम गर्न प्रेरणा जगाउन र समाजलाई प्रोत्साहन, रुपान्तरण गर्नको लागि यसले अर्थात यो नामले सबैलाई डो¥याई रहेको भान गराउँछ । यसले समाजमा नाम अनुसारको चरित्रको चित्रण गर्न पनि सिकाउछ । दिल यस्तो शब्द हो । हामी कस्तो दिल दुख्यो भन्छौ दुखायो भन्छौ तर, अहँ दिलकुमारीले कहिले कसैको मन चसक्कसमेत दुखाउनु भएन । दिल मानिसको मन मुटुमा हुन्छ । यति महत्वपूर्ण हुँदा हुँदै पनि दिलकुमारीले कसैसंग घमण्ड र फूर्ति देखाउनु भएन् । साच्चै दिल जस्तै हुनुहुन्थ्यो दिलकुमारी । हो, दिलकुमारी हुनुहुन्न तर, त्यो दिलको अलिक माथि नै चर्चा भएर होला अहिले दिलकुमारी केसी स्मृति प्रतिष्ठान परिवारको मात्र नभई दिलकुमारी झै सबैको दिलमा बसै झै अनुभूति गराउँछ ।

बागमती प्रदेश धादिङस्थित फुलखर्क गाउँपालिका डाङसिङमा जन्मिनु भएकी दिलकुमारीले यति दुर्गममा जन्मिएर पनि आफ्नी एउटी छोरी र आठ भाई छोरा गरी ९ जना सन्तानलाई सुगमता छर्नुभयो । आहा यो नामले कति सुगन्ध छरेको छ है ? आफ्ना सन्तान नबिग्रीउन भनेर दत्तचित्त भएर लाग्ने एउटी आमाले यहाँ भन्दा बढी के गर्न सक्छीन् । दिलकुमारी यति धेरै सन्तान हुर्काउने जिम्मेवारीबाट कहिलै क्रोधित हुनु भएन । सबै सन्तानलाई आफ्नो बराबर दिल दिई रहनु भयो । त्यसैले त बिरुवा अनुसारको फल भने झै दिलकुमारीकै दिल अहिले सबै सन्तानमाथि सरक्कै सरेको छ । उहाँले ८४ बर्षसम्म यहाँ रहेर आफू व्यवहारत अनपढ् भएपनि व्यहारत पढेझैको व्यवहार प्रस्तुत गरेर सन्तान र समाजलाई आफ््नो दिल छाडेर जानु भएको छ ।

शरिर छैन, तर, दिल जस्ले छाड्छ बास्तवमा त्यहि अमर पनि भई रहन्छ । सानैदेखी सामाजिक काममा हुरुक्क हुने केसी परिवार अहिले पनि सामाजिक कामलाई नै महान ठान्ने गरेको छ । सामन्य किसान परिवारमा घुलमिल भए पनि बाजे शेरबहादुर केसीले गाउँमा सामाजिक काममा पारेको प्रभावबाट केसी परिवार अलि बढी नै सामाजिक काममा प्रभावित भएको छ ।

परिवारकी जेठी छोरी उषा केसी कार्कीको अध्यक्षतामा सामाजिक काममा समर्पित हुने निर्णय गरेको दिलकुमारी केसी स्मृति प्रतिष्ठानले सुरुमै राम्रो काम गरेको छ । हुने बिरुवको चिल्लो पात भनिन्छ नी, हो त्यस्तै संस्थाका सदस्य १८ बर्षदेखि सामाजिक काममा भिज्नु भएका नवराज केसीले यो बर्ष पनि धेरै त्यस्ता समाजिक काम गरेर देखाउनुभएको छ ।

त्यसो त उहाँका सन्तानहरु अहिले पनि अमेरिका, बेलायत, अष्ट्रेलीया र युरोपका बिभिन्न देशमा रहनु भएको छ । त्यसैले यो प्रतिष्ठान दिलकुमारीकै परिवारबाट राम्रो र गुणस्तरिय रुपमा अगाडी बढ्न सक्छ । अमेरिकाको न्युयोर्क सिटीका मेयर एरीक एडम्सको सल्लाहकारसमेत रहनु भएका केसीले काठमाडौमा कलाकार, सञ्चारकर्मी, चलत्रित्रकर्मी र सामाजिक अभियान्ताको म्याराथानसमेत राख्नुभयो ।

उहाँले स्वच्छ वातावरण स्वास्थ्य जीवन नारा दिएर वातावरण र जलवायु परिवर्तनको असरलाई समेत सचेतनामुलक सन्देश दिनुभएको छ । त्यसैगरी बिभिन्न बालगृहलाई खाद्यान्न, न्यानो कपडा र खेलकुदका सामाग्रीसमेत वितरण गर्नुभएको छ । गोर्खाका दुर्गम गाउँ, सिन्धुपाल्चोकका दुर्गम गाउँ र धादिङमा पुगेर बालबालिकाको शिक्षा र खेलकुदको क्षेत्रमा सहयोग गर्नु भएको छ । पछिल्लो समय धादिङको मण्डली माध्यमिक बिद्यालयमा कप्युटर, ल्यापटप र शैक्षिक सामाग्री वितरण गर्ने लक्ष्य छ । अन्य दुर्गम जिल्लाका पहाडी क्षेत्रमासमेत संस्थाले सामाजिक काम गर्ने छ । संस्थामा उपाध्यक्ष भरत केसी, महासचिव सिताराम केसी, कोषाध्यक्ष लक्ष्मण केसी रहुनु भएको छ भने संरक्षकमा दिलकुमारीका पति कृष्णबहादुर केसी रहनुभएको छ ।

विश्वमै महामारीको रुपमा रहेको कोरोनाभाईरसको समय अर्थात २०२२ जनवरी ५ मा आमा दिलकुमारीको स्वर्गारोहण हुँदासमेत अमेरिकामा रहनुभएका छोरा नवराज केसी नेपाल आउन पाउनुभएन । आमाको स्वर्गारोहण हुँदासमेत भेट्न नपाउँदाको त्यो क्षणको अहिले जति दुःख र बेदना शब्दमा पोखे पनि कम नै हुन्छ । तर, पनि १३ दिनको त्यो पुण्य काम उहाँले अमेरिकाको न्यूयोर्क सिटीमै गर्नुभयो । जहाँ न्यूयोर्क सिटीका मेयर एरिक एडम्सले समेत समबेदना व्यक्त गर्नुभएको थियो । भनिन्छ नी, दुधको भार तिर्ने छोरा हुनु पर्छ ।

अहिले यो संस्थाले साँच्चै दिलकुमारीको दिललाई उहाँ नरहे पनि बुझाउने छ । किन भने गाउँमा हुँदासमेत ग्रामीण परिवेशमा आफ्नी आमाको त्यो सबैसँग साट्ने दिल भनौ सबैसंग बाडेर खाने अर्थात अरुले खाए पछि मात्र आफू खाने, अनि गाउँको परिवेशमा भनिन्छ नि तिर्खाएको बेला मोहि बाड्ने यस्तै, दिलकुमारीको दिललाई संस्थाले सम्झिएर नै दिर्घकालीन लक्ष्य बनाएको छ । त्यसैले सानो ठूलो भन्दा पनि सकेको सहयोग गर्ने उहाँको खुल्ला दिलको सबैले अनुसरण गर्नु पर्ने देखिन्छ । परिवार मात्र नभई सिंगो समाजलाई दिलकुमारीको यहि समाजसेवा सन्देश हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *