Dil Kumari KC Memorial Foundation

Dil Kumari KC Memorial Foundation

दिलकुमारी केसी स्मृति प्रतिष्ठान

News/Events
दिलकुमारी स्मृति प्रतिष्ठानद्वारा काभ्रेका विद्यालयमा पोषाक वितरण

दिलकुमारी स्मृति प्रतिष्ठानद्वारा काभ्रेका विद्यालयमा पोषाक वितरण

‘सेवा नै धर्म हो’ भन्ने उद्देश्यले दिलकुमारी केसी स्मृति प्रतिष्ठानले काभ्रेको विद्यालयमा विद्यार्थीलाई पोषाक वितरण गरेको छ।

प्रतिष्ठानले आज (शनिबार) बनेपा नगरपालिका-६ को भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीका लागि विद्यालय पोशाक वितरण गरेको हो। प्रतिष्ठानले विद्यालयका ३२० विद्यार्थीको लागि ज्याकेट वितरण गरेको प्रतिष्ठानका नेपाल अध्यक्ष उषा कार्कीले जानकारी दिनुभयो।

यो संस्था आमाको स्मृतिमा स्थापना गरिएको हो। संस्थाले अमेरिकामा समेत दर्ता भएर सामाजिक कार्य गर्दै आएको छ।

विद्यालयमा कार्यक्रम आयोजना गरेर कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्य, धुलिखेल नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, बनेपा वडा नं ६ का अध्यक्ष सचितानन्द केसी, प्रतिष्ठानका अध्यक्ष उषा कार्की, उपाध्यक्ष भरत केसी, कोषाध्यक्ष लक्ष्मण केसी लगायतले ३२० विद्यार्थीहरुलाई ज्याकेट वितरण गर्नुभएको थियो।

प्रतिष्ठानका अध्यक्ष नवराज केसीले विद्यालयका एक शिक्षकले विद्यार्थीका समस्याका बारेमा जानकारी गराएपछि प्रतिष्ठानले विद्यालयमा सहयोग गरेको बताउनुभयो।

प्रतिष्ठानले विगतमा पनि विभिन्न प्रकारका समाज सेवाका कार्य गरेको बताउँदै अध्यक्ष केसीले भन्नुभयो, ‘ यो संस्था हामीले आमाको स्मृती गठन गरेको फाउण्डेशन हो। हामीले विगतबाट नै धेरै सेवाभावले सामाजिक काम गर्दै आएका छौं। हामीले आफ्नो जन्मभूमी नेपालभर सक्दो सहयोग गर्दै आईरहेका छौं। आगामी दिनमा यस्ता कार्यलाई अझै तीव्रताका साथ निरन्तरता दिनेछौं।’

प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण केसीले पनि यो संस्थाले विगतबाट नै गरिब, पिछडिएका जाति तथा सिकाइमा समस्या भएका बालबालिकाहरुलाई लक्षित गरी धेरै प्रकारका सहयोग गरेको बताउनुभयो।

धुलिखेल नगर प्रमुख व्याञ्जू तथा बनेपा नगर प्रमुख शाक्यले राम्रो काम गरेकोमा आभार प्रकट गर्दै प्रशंसा पनि गर्नुभयो।
विद्यालयका सहायक प्रधानाध्यापक सोबी केसीले विपन्न तथा विभिन्न कारणले पछाडि परेका विद्यार्थीहरुलाई सहयोग गरेकोमा प्रतिष्ठानप्रति आभार प्रकट गर्नुभएको छ।

यो संस्थाले विगतमा पनि विभिन्न विद्यालयहरुमा शैक्षिक तथा खेलकुदलगायतका सामग्री वितरण गर्दै आफ्नो सेवा कार्यलाई निरन्तरता दिएको छ।

‘सेवा नै धर्म हो’ भन्ने उद्देश्यले सञ्चालित प्रतिष्ठानले सन् २०२२ मा २ किलोमिटरको म्याराथन आयोजना गरेको थियो। त्यस्तै यो संस्थाले २८ वटा फुटबल विभिन्न जिल्लामा उपलब्ध गराएको थियो। फूलखर्कमा १२ वटा कम्प्युटर, १ प्रिन्टर र एक प्रोजेक्टर प्रदान गरेको थियो। सानो गंगाजमुना विद्यालयको लागि २ वटा कम्प्युटर र १ प्रिन्टर तथा १ प्रोजेक्टर उपलब्ध गराउने तयारी भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *