दिलकुमारीको सहयोग सरकारी बिद्यालयका बिद्यार्थीलाई पोसाक
काभ्रेको बनेपा नगरपालिका वडा नं. –६ मा रहेको भक्तेश्वर माबिका बिद्यार्थीले पोसाक पाएका छन । अमेरिकामा रही नेपालमा सामाजिक सेवामा सक्रिय संस्था दिलकुमारी केसी मेमोरियल फाउन्डेशनले बिद्यार्थीलाई पोसाक बितरण गरेको हो । उक्त बिद्यालयमा अध्ययरत जेहन्दार, आर्थिक अवस्था कमजोर भएका ३२० जना बिद्याथीले पोसाक पाए ।
गरिब, पिछडिएका जाति तथा सिकाइमा समस्या भएका बालबालिकाहरुलाई लक्षित गरी फाउन्डेशनले बिभिन्न जिल्लाका सरकारी बिद्यालयमा पढ्ने बालबालिकालाई सहयोग गर्दै आईरहेको छ ।दिलकुमारी फाउन्डेशन मार्फत हामीले नेपालका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छौं । दिलकुमारी केसी फाउन्डेशन अमेरिकाका अध्यक्ष नबराज केसीले भने, सामाजिक सेवाका कामहरूलाई अझै तिब्रता दिनेछौ ।
अमेरिकामा गैरनाफामुखी संस्थाको रूपमा दर्ता भएको उक्त फाउन्डेशनले बिद्यार्थीलाई पोसाक, कम्प्यूटर, देखि भौतिक पूर्वाधार निर्माणमा समेत सघाउदै आईरहेको छ ।पोसाक बितरण समारोहमा बनेपा नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शान्तिरत्न शाक्यले आफ्नो नगरभित्रका बालबालिकाहरुलाई लाभहुने गरी कार्यक्रम संचालन गरेकोमा संस्था प्रति धन्यवाद प्रदान गरे ।
विशेष अतिथि धुलिखेल नगर प्रमुख अशोक व्यांजूले संस्थाले गर्दै आएको कार्यक्रमका बारेमा यस अघि पनि आफूले चासोका साथ हेरेको भन्दै कार्यक्रमको प्रशंसा गरे ।
बनेपा वडा नं ६ का वडा अध्यक्ष सचितानन्द के.सीले आफ्नो वडामा रहेको सामुदायिक विद्यालयको विकासमा आफू सधै लागिपरेको बताउँदै संस्थाले विद्यालयका विद्यार्थीहरुलाई उपलब्ध गराएको सहयोग प्रति धन्यवाद दिए ।